अमेरिकी डलर स्थिर, घट्यो युरो
अघिल्लाे दिन अर्थात् आइतबार एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसामा कारोबार भइरहेकाे अमेरिकी डलर आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरो एकको खरिद १४३ रुपैयाँ १९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८४ पैसामा कारोबार भइरहेकाे युरोपियन युरो आइतबारको तुलनामा आज १५ पैसा घटेर युरोको एकको खरिददर १४३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेकाे छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८९ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९० रुपैयाँ ३८ पैसामा कारोबार भइरहेकाे पाइन्छ।
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेकाे पाइन्छ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १०:५४
प्रतिक्रिया दिनुहोस्