NRN
अस्तित्व व्यवस्थापन शास्त्री डि.पी आत्रेय सम्मानित

अस्तित्व व्यवस्थापनशास्त्रका जन्मदाता डि.पि आत्रेय “शिखर व्यक्तित्व सम्मान–२०८०” बाट सम्मानित हुनुभएको छ ।

अस्तित्व व्यवस्थापनशास्त्र मार्फत संसारका हजारौं मानिसको जीवनलाई सफल बनाउन भूमिका खेले वापत उहाँलाई सो सम्मान प्रदान गरिएको हो ।

शिखर नेपालले राजधानीमा आयोजना गरेको शिखर सम्मान समारोह–२०८० तथा तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०२३ को अवसरमा उहाँलाई समारोहका प्रमुख अतिथी नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका माननीय मन्त्री वेदुराम भुसालले सम्मान प्रदान गर्नु भएको हो ।

सो समारोहको सभापतित्व शिखर नेपाल तथा तेस्रो राष्ट्रिय शिखर कृषक अवार्ड–२०८० मूल समारोह समितीका अध्यक्ष शेखर खनालले गर्नु भएको थियो । अस्तित्व व्यवस्थापनशास्त्र व्यवस्थापन, विज्ञान र अध्यात्मशास्त्रको त्रिवेणी हो । यो विषय परामर्शीय प्रणालीमा आधारित छ ।

यो शास्त्रलाई संस्थापन र प्रयोग गरेर डिपीले हालसम्म हजारौं मानिसहरूको जीवनमा खुसी, सफलता र समाधान प्रदान गरि सक्नु भएको छ । यसले मानिसलाई गन्तव्य, गति र गरिमा प्रदान गर्दछ ।

अस्तित्व व्यवस्थापन शास्त्रका जन्मदाता आत्रेयले थुप्रै मानिसको जीवनलाई सफल बनाउन उत्प्रेरक तथा मार्गदर्शकको रूपमा काम गर्नु भएको छ ।

हाल उहाँ बानेश्वरमा आत्रेय एक्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेजमा बसेर सेवा प्रवाह गरिरहनु भएको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update