NRN
कर्णालीमा जीप खस्यो

साेमबार बिहान कर्णाली नदीमा जीप खसेको छ । जीप हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- २ स्थित च्याछरा भीरबाट खसेको हाे । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए अनुसार हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको हाे ।

जीपमा चालकसहित १३  जना चढेकाे बताइएकाे छ । दुर्घटनामा  जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । घाइते चालककाे  अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update