NRN
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री जानु हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने हुनु भएकाे छ। 

प्रधानमन्त्री दाहाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्का लगायतकाे टोली अवलोकनमा जानु हुनेछ ।

अवलोकनमा टोलीले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर जस्ता प्रभावित क्षेत्रको अवलोकन गर्ने भनिएकाे छ ।

त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयले सडक सञ्जाल टुटेका ठाउँमा बेलिब्रिज पठाउन तयारी सहित उद्दार तथा राहत कार्य भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update