NRN
बेलायतकी लक्ष्मी अब चलचित्र क्षेत्रतिर , न्यू लक्ष्मी ज्वेलर्सको चर्चा चुलिंदै

- राजन घिमिरे

ब्यापार ब्याबसाय अनि समाज सेवा लक्ष्मी राईको बिशेषता हुन । मिजासिली र सहयोगी स्वभाबकी लक्ष्मीको मिहेनत र सत्कर्मले उनलाई के बेलायत , के नेपाल अनि के अरू देश ? नेपालीहरु मांझ राम्रोसंग चिनाएको छ । 

लक्ष्मी लामो समयदेखी बेलायतमा ब्यापार ब्याबसायमा ब्यस्त छिन । न्यू लक्ष्मी ज्वेलर्सकी सन्चालिका लक्ष्मीले नेपाली गर गहनाहरूलाई बिदेशमा रहनु हुने प्रबासी नेपाली र नेपाली गर गहना प्रयोग गर्ने र मन पराउनु हुने बिदेशीहरू मांझ पनि चिनाउंन र स्थापित गर्न निकै मिहेनत गरेकी छन ।

यो पाटो उनको तारिफ गर्न लायकको पाटो हो । ब्याबसायी एबं समाजसेबी लक्ष्मी राईको अब परिचय पनि थपिएको छ । उनि सासंद राजिब गुरूंग ( दिपक मनांगे ) संगको सहकार्यमा चलचित्र निर्माणमा पनि प्रबेश गरेकी छन । न्यू लक्ष्मी ज्वेलर्सको सहकार्य रहने चलचित्रको नाम राखिएको छ बाघचाल ।

यतिबेला यो चलचित्रको आन्तरिक कार्य भैरहेको छ-‘ दिपक दाईसंग पुरानो पारिवारिक चिनजान हो । यस पटक दाजूसंग नयां क्षेत्रको पनि अनुभब लिने सोच र योजनाले म बाघचालसंग आबद्द भएकी हुं -‘ लक्ष्मीले भनिन् ।

लक्ष्मीले अब आफू ब्यापार ब्याबसायसंगै बिभिन्न बिधा , क्षेत्र र पेशामा लागि पर्दै जाने जानकारी दिएकी छन् ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update