NRN
प्रहरीको नियन्त्रणमा उपप्राध्यापक चलाउने

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौं जिल्ला अदालत पुगेका प्रेम चलाउने सोमबार काठमाडौँ जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा चलाउनेसहित धर्ना दिन पुगेकाहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रेम चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ।उनीविरुद्ध दायर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको पेसी असार ५ गतेलाई थियो। 

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको पत्र आइतबार काठमाडौं जिल्ला अदालत पुगेसँगै मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने काठमाडौं जिल्ला अदालत पुगेका प्रेम चलाउनेले बताए। 

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update