NRN
एमबाप्पेको गोल नै बन्याे  फ्रान्सको जितकाे निर्णायक

फ्रान्सले ग्रीसलाई १–० ले पराजित गर्दै युरोपियन च्याम्पियनसिप २०२४ को छनोट खेलमा जितको यात्रालाई निरन्तरता दिएको छ। गए सोमबार राति भएको खेलमा फ्रान्सले ग्रिसलाई पराजित गर्दै लगातार चौथो जित दर्ता गरेकाे हाे । 

फ्रान्सको जितमा दोस्रो हाफमा एमबाप्पेले खेलको ५५ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्यो ।कोन्सटानटिनोस माभरोपानोसले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै फ्रान्सलाई पेनाल्टी प्रदान गरेको थियो ।

यस जितले फ्रान्स समूह ‘बी’ मा चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ग्रीस ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update