NRN
नेपाल र भुटान बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा खेल्दै

मंगलबार माल्दिभ्समा जारी फाइभ नेसन बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भुटानसँग सामना गर्दैछ। च्याम्पियनसिपको सेमिफाइनलकाे खेल रातको ९:१५ बजेबाट सुरु हुनेछ ।

लिग चरणमा नेपाल शीर्षस्थानमा रहँदा भुटान चौथो हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले लिगको पहिलो खेलमा भुटानसँग हार बेहोरेकाे थियाे त्यसपछि लगातार तीन खेल जित्दै शीर्षस्थान हासिल गरेको हो ।

भुटानले सुरुवात खेलमा नेपाललाई हराएर दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई पनि हराएको थियो । त्यसपछि पछिल्लो बंगलादेश र पाकिस्तानसँगकाे दुवै खेलमा भुटान पराजित भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update