यतिबेला सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको जानकारी परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा दिएका हुन् ।
भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेत समेटिएको छ । संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेसँगै सार्वजनिक भएपछि नेपालमा भारतको आलोचना हुँदै आएको छ भने सरकारलाई भारतको प्रतिवाद गर्न दबाव परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो ।