NRN
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले आईसीसी विश्वकप क्रिकेट छनोट खेलमा अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।

अमेरिकाका ओपनर स्टेभिन टेलर , मुकामाला , कप्तान आरोन जोन्स र केन्जिगे चारै जनालाई नेपालका करण केसीले आउट गराएका हुन् ।  

पावर प्ले नसकिदै अमेरिकाको चार विकेट नेपालकाे करण केसीले लिएको हुन् ।७.५ ओभरमा  करणले कुशल भुर्तेलबाट जोन्सलाई क्याच गराए भने करणले १ रनमा आरिफबाट क्याच गराउँदै उत्कृष्ट बलिङ गरेकाे हाे ।  

आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई आउट गराए ।

अमेरिकाले  १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ ।

नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछानेरहेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update