NRN
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य

क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।

अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका शायन जहानगिरले शतक प्रहार गरेका थिए । अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भए। 

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। केसीले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन खर्चिए।गुल्सन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे। गुल्सनले १० ओभरमा ५२ रन र ५ ओभरमा १५ रन खर्चिए।

ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।

 

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update