NRN
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै

भारतमा बेंग्लोरमा हुनगइरहेकाे दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट सुरू हुँदैछ। बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने छ । 

नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बताएका छन्। 

गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४-१गोलले जित हाँसिल गरेकाे थियो । नेपाल र कुवेतबीच सन् २०१९ यता पाँच खेल भएका छन्।

नेपाली राष्ट्रिय फुटबल टिम गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि साफ च्याम्पियनसिपमा भाग लिन नेपाली टिम भारतमा पुगेको थियो। आइतबार भएको लेवनानविरुद्धको फाइनलमा भारत २-० गोलले विजयी भयो।

फिफा वरीयतामा भारत १०१औं, कुवेत १४३औं, नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन्।

नेपालका खेल   

नेपालले कुवेतसँग असार ६ गते दिउँस ३:४५ बजे खेल्नेछ । नेपालले भारतसँग असार ९ गते राति ७:४५ बजे खेल्नेछ भने नेपालले पाकिस्तानसँग असार १२ गते दिउँस ३:४५ बजे खेल्नेछ । 

नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स रहेेका छन्।दुवै समूहका दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। साफ च्याम्पियनसिप फाइनल असार १९ मा हुनेछ।

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update