NRN
बागलुङमा जीप दुर्घटना ,दुई जनाको मृत्यु

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गलकोटबाट बागलुङ बजारतर्फ मार्केटिङको सामान बोकेर आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका १० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल रहेकाे र अर्काे कुश्मा नगरपालिका–१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी मृतक दुवै पुरुष रहेकाे जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताएका छन् ।  

जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेर ‘दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो, दुर्घटनाको कारण भने खुलिसकेको छैन । 

प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update