NRN
नेपाल थ्री टायरको सरकार चलिरहेको छ : पूर्वमन्त्री साह 

बारा । नेपाल थ्री टायरको सरकारले चलिरहेको पुर्व मन्त्री प्रभु साहले बताएका छन् । विरगंजमा आम जनता पार्टीको मधेश प्रदेशको बैठकलाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले स्थानीय प्रदेश र केन्द्रीय गरि थ्री टायरले हाम्रो देश नेपाल चलिरहेको बताए । 

देश धान्न धौधौ परिरहेको अवस्थामा यत्रो जम्बो टोलीले आर्थिकतन्त्र धरापमा परेको बताए। वर्तमान सरकार आफ्नो निजी स्वार्थ र कुर्सीको लोभले राजनितिक स्थिरता कायमै रहेको उनकाे भनाई थियाे।

 देश र जनताको लागि लडने पार्टी अहिले आफ्नो निजी स्वार्थमा लिप्त भएको आरोप लगाए । ठुला दलहरु आफ्नो सत्ता र कुर्सी बचाउनको लागि लागिपरेकोले जनताले स्वतन्त्र रोजेको साहले बताए । 

अहिलेको नेतृत्वमा आफै स्थिरता नभएकोले विदेशी शक्ति हाबी हुन पुगेको उनकाे भनाई थियाे । आफुले देशमा भ्रष्टाचारकाे जरैदेखी उखेलेर विकासको लहर ल्याउने प्रतिबद्वता गरेका छन् ।

शासकलाई सामुनापातिक अधिकार दिएर देशको ढुकुटी सिध्याउने खेल मात्रै भएकाे साहकाे भनाई थियाे । निर्वाचित माथि गैर निर्वाचितको हाली मुहालीले जनतासंग गरेको वाचा पुरा गर्न नसक्दा जनता भ्रमित भएकाे उनले बताए ।

नेपालमा शासकले ठुलो पुजी विदेशमा संचित गरेकाले नेपालको आर्थिक अवस्था दयनिय भएको साहले बताए । कानुनको आडमा प्रहरीले आतङ्क मचाएको भन्दै  राजस्व छलेको माल पक्राउ गर्दा ४५ प्रतिशत प्रहरीले पाउनुनै ठुलो अपराध भएकाे उनकाे भनाई थियाे  । 

मधेशमा बेटी पढाउ बेटी बचाउ अभियानले गरेको भ्रष्टाचारले जनता आजित भएकाे भन्दै पहाडको विकट ठाउमा जाने नेपाल सरकारको बजेटले विकासमा लागेकाे तर मधेश प्रदेशमा भ्रष्टाचार गर्ने फ्रिज गराउनेले परिवर्तन हुन नसकेकाे उनकाे भनाई थियाे ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update