NRN
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ।

गए सोमबार समाजवादी मोर्चाको घोषणा भएपछि प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच पहिलो पटक भेटवार्ता भएको हो ।  बालुवाटारमा भएको साेहि भेटवार्तामा समाजवादी मोर्चा र पार्टीलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भएकाे सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार पछिल्लो समयमा माओवादी आन्दोलनको उपलब्धिको रक्षाका लागि माओवादी घटकबीच एकताबारे प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच गम्भीर छलफल भएको बताइएको छ । 

 

 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update