खाँणलाई भेट्न परराष्ट्रमन्त्री कारागारमा, पार्टीले सहयाेग नगरेकाे खाँणकाे गुनासाे
भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार पुगेका छन् ।
साउद शुक्रबार बिहान १० बजे कारागार पुगेकाे बताइएकाे छ । साउद र खाँणबीच केहिबेर भेटघाट भएकाे थियाे । भेटघाटमा खाँणले आफू निर्दाेष भएकाे जिकिर गरेका थिए । बताइए अनुसार साउदसँगकाे भेटमा खाँणले आफूले यस्ताे अवस्थामा पनि पार्टीबाट साथ र सहयाेग नपाएकाे गुनासाे गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ११:०३
प्रतिक्रिया दिनुहोस्