प्रेम चलाउनेलेकाे अनसन स्थगित
शुक्रबारबाट त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेले अनसन स्थगित गर्ने भएका छन् ।
आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिएको विरोधमा पाँच दिनदेखि अनसनमा बस्दै आएका चलाउनेले सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि शुक्रबार दिउँसो १ बजेबाट अनसन स्थगित गर्ने भएका हुन्।
जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसको विरुद्धमा चलाउने आमरण अनसन बसेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्