NRN
पोखरामा सुरू भयाे ड्रागन ‘बोट’ रेस

नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव पर्यटकीय नगरी पोखरामा सुरु भएको छ । नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव दक्षिण एशियाकै पहिलो भएको दाबी गरिएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन् । 

फेवाताल किनारमा सुरु भएको प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जना जसमा चिनियाँ चार र नेपाली चार टोली सहभागी छन् । पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठ वटा बोट रेश प्रतियोगिता हुनेछ ।

 प्रतियोगितामा प्रतिस्पधि टाेलीहरू 

  • सिचुवान ड्रागन बोट टोली,
  • युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर,
  •  चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा,
  • नारा ड्रागन बोट टोली नेपाल,
  • एनआरिसए बोट टोली नेपाल,
  • फेवा ड्रागन कनेट टोली नेपाल, 
  • पोखरा महानगर ड्रागन बोट टोली, 

प्रतियोगितामा विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् । 

वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।  उक्त प्रतियोगिता नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त आयोजना गरिएको  हो ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update