NRN
निशान र जेनिसाको  ‘ सकम्बरी माया गरिदेउ ’

- राजन घिमिरे

गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको  ‘‘ सकम्बरी माया गरिदेउ ’’   गीत बजारमा आएको छ ।गीत मा जिवन भण्डारीको शब्द रहेको छ भने सुभाष भुषालको संगीतमा उदय राज पौडेलको  एरेन्ज गरेका छन्।

यो गीतमा प्रकाश सपुतको आबाज होइन अभिनय रहेको छ ।गीत गाउंदा जति मिठो आबाज पस्किन्छन , प्रकाश सपुत अभिनयमा पनि उत्तिकै सफल छन भन्ने कुरा यो भिडियोले प्रष्ट पारेको छ । प्रकाश सपुतले निकै प्रशंसा गर्न लायकको अभिनय गरेका छन ।

प्रकाशलाई भिडियोमा मोडलको रूपमा साथ दिएकी र कुशुम शर्माको अभिनयको पनि तारिफ गरिएको छ । गितमा रहेको निशान भट्टराई र जेनिसा गौतमको कर्णप्रिय आवाजको प्रशंसा गरिएको छ ।

जेनिशा लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा रहेर गीत - संगीत क्षेत्रमा लागि पर्दै आइरहेकी सर्जक हुन । उनि सिड्नीमा आयोजना हुने बिभिन्न सागितीक कार्यक्रमतिर निकै सक्रिय रहने सर्जक हुन । गीतको भिडियोलाई सुनिल विश्वकर्माले निर्देशनमा गरेका हुन भने भिडियोमा प्रविण भट्टको संपादन रहेको छ ।

https://youtu.be/RnfzIVrWijA

Maya Garideu - Prakash Saput | Kushum Sharma | Nishan Bhattarai | Jenisha Gautam | New Nepali Song

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update