NRN
नेपाली बजारमा बढ्याे आइतबार सुन–चाँदीको मूल्य

नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य शुक्रबार भन्दा बढेको छ।

शुक्रबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आइतबारका दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी  प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकाे सुन चार सय रुपैयाँले बढेर आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेकाे चाँदी प्रतितोला १५ रुपैयाँ बढेर आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update