मेयर शाह विरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेकाे भन्दै मेयर बालेन्द्र शाहविरुद्ध कारवाही हुनुपर्छ भनी माग सिहत निवेदन पेश गरेकी हुन् ।
उच्च अदालतले फिल्म सञ्चालनमा प्रतिबन्ध नलगाउन आदेश दिएसँगै मेयर बालेन्द्र शाहले बिहीबार सामाजिक सञ्जालमा देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा लेख्दै कुनै कानुन र अदालतलाई नमान्ने बताएका थिए भन्दै अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाएका थिए ।
अधिवक्ता वर्षाकुमारी झाले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएता पनि इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १२:५२
प्रतिक्रिया दिनुहोस्