NRN
रास्वपा सांसद मनिष झा भन्छन् मुलुकमा उपराष्ट्रपति पद आवश्यक छैन

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन् ।

सांसद मनिष झाले जनताले तिरेको करको दूरुपयोग गरेर अहिलेसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि कार्य गर्न नसकेको भन्दै यसको औचित्य माथि प्रश्न उठाएका हुन् ।

५ हजार ११५ दिनमा ४ वटा कार्यकाल र तीनवटा अनुहार फेरिए तरपनि यो पदले सम्झिनलायक कुनै पाँचवटा कुराहरू हामी सम्झिन सक्छौँ ?’झाले प्रश्न गर्दै भने, त्यसैले यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ। त्यसैले हामीले सोच्नुपर्छ। हामी यो पदको परिकल्पना गर्दैनौँ । हामीलाई यो पद आवश्यक छैन। राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ।’

सांसद मनिष झाकाे कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने बताए । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update