NRN
सोमबार न्यायाधीश ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी हुने शाह विरुद्ध मुद्दा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा सोमबार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको थियो ।

न्यायाधीश ढुंगानाकै इजलासमा आइतबार पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याउने’मा परेको थियो ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’ मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका थिए,यस्ताे अभिव्यक्ति संविधान विपरीत र कानुनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन् ।

 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update