नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने पार्टीको वेबसाइट मा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको छ । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार कांग्रेसमा साधारण र क्रियाशील गरि दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, जुन सदस्यता अनलाइनबाटै लिने व्यवस्था गरिएको हाे ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुली भने ‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं’ । ‘क्रियाशील सदस्यता नवीकरण पनि अनलाइनबाटै गर्ने व्यवस्थाका लागि तयारी भइरहेको छ’ ।
अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका वडा, गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठन संरचना छ यी ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्छ र सदस्यता दिन्छ।
अनलाइनबाटै सदस्यता खुला गरिनेछ, पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको महामन्त्री गगन थापाले जारी गरेकाे सूचनामा बताइएकाे छ ।