NRN
नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने, रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन्।

बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढन सान्दर्भिक हुने सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन माथि सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए।

विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको उपप्रधानमन्त्री खड्काले बताए।

उपप्रधानमन्त्री खड्काले भने ‘संविधानप्रति प्रतिवद्ध नेपाली सेनाको संगठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको व्यहोरा अवगत नै छ। त्यसैले नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु,’।

 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update