NRN
बढ्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार भन्दा मंगलबार प्रतितोला दुई सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी प्रतितोला १० रुपैयाँ बढेर मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update