- राजन घिमिरे
निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को छायांकन सकिएको छ । यही सिनेमाबाट निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् ।
यो सिनेमाको बिश्व प्रदर्शन अधिकार एम एस एम इन्टरटेनमेन्टले लिएको छ । अब नेपाली सिनेमालाई बिश्व बजारमा पुर्याउंने सोच र उद्देश्य सहित लागि परेको एम एस एम इन्टरटेनमेन्टको मुख्य कार्यालय अष्ट्रेलियामा रहेको छ ।
कम्पनीका बजार निर्देशक छत्र थापाका अनुसार प्रबासमा खुम्चिएको नेपाली सिनेमाको बजारलाई आफ्नो समूहले बृहत र बिस्तार गर्ने उद्देश्य राखेको बताए ।
बिदेशमा नेपाली सिनेमा बिक्री गर्न र प्रदर्शन गर्न एउटै ढोका भयो भने ब्यबहारिक रूपमा पनि नेपाली चलचित्रका निर्मातालाई सहज हुने छ भने आर्थिक रूपमा पनि धेरैसंग कारोबार गर्न नपर्ने हुनाले हाम्रो यो सोच र उद्देश्यमा क्रमश चलचित्र निर्माताहरूले साथ दिइराख्नु भएको छ -‘ बजार निर्देशक थापाले भने ।
बिश्वमांझ नेनाली चलचित्रको उपस्थिति बलियो बनाउंन र चलचित्र लगानीकर्र्तालाई आर्थिक रूपमा साथ र सहयोग गर्ने उद्देश्यले पनि एमएसएम इन्टरटेन्मेन्ट सन्चालनमा आएको बताईएको छ ।
नेपालसंगै बिश्वभर एक साथ नेपाली चलचित्र रिलिज गर्ने उद्देश्य सहित आएको एमएसएम इन्टरटेन्मेन्ट आगामी दिनमा बिभिन्न माध्यम मार्फत नेपाली चलचित्रहरूलाई बिश्व मांझ पुर्याउंने योजनामा रहेको बुझिएको छ ।