नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र क्यानेडियन डलरको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको सोमबारकाे तुलनामा १ पैसा बढेर मंगलबार खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसामा काराेबार भइरहेकाे छ ।
एकको खरिददर १४२ रुपैयाँ २९ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९४ पैसा भएकाे युरोपियन युरो सोमबारकाे तुलनामा ५५ पैसा बढेर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४९ पैसामा काराेबार भइरहेकाे छ ।
मंगलबार क्यानेडियन डलर पनि १५ पैसाले बढेर मंगलबार क्यानेडियन डलर एकको खरिदमा आज ९९ रुपैयाँ ४८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९४ पैसा मा काराेबार भइरहेकाे छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ ।