ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक पक्राउ
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ललिता निवासको जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको मुद्दामा सञ्चालक गुरुङलाई २ करोड धरौटीमा छोडेको थियो । हाल कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १२:३१
प्रतिक्रिया दिनुहोस्