NRN
संसदमा अर्थमन्त्रीले भने, जिल्ला निर्वाचन कार्यालय खारेज गर्दैनौं

 

अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । मंगलबार चलेको प्रतिनिधि सभाको दाेस्राे बैठकमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने प्रतिबद्धता जनएको छ ।

अर्थमन्त्री प्रकाशशरण  महतले भने, ‘निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहनेछन्। अझ सबल बनाउने काम हुन्छ,’  ‘सिडिओको मातहत कार्यालय राख्न खोजेको भन्नेमा कुनै सत्यता छैन। स्वतन्त्र रूपमा निर्वाचन कार्यालयहरू रहन्छन्।’ रनिर्वाचन आयोगले जसरी चलाएको हो त्यसैगरी जिल्ला निर्वाचन कार्यालयहरू चल्ने महतले बताए। ‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज हुँदैन। म विश्वास दिलाउँछु,’। 

 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update