सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदै छ काराेबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला छ सय रुपैयाँ घटेर छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएकाे चाँदी बुधबार पनि साेहि मूल्यमा कारोबार भइरहेको छ।त्यस्तै ,बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १०:५३
प्रतिक्रिया दिनुहोस्