NRN
एसिसी पुरुष यू–१६ इस्टर्न जोन कपकाे सेमिफाइनलमा नेपाल

एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेट मलेसियामा जारी पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बुधबार मलेसियाको बाँगीमा भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

उक्त प्रतियोगितामा नेपाल, मलेसिया र थाइल्यान्ड  समूह ‘ए’मा रहेका छन् भने समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया रहेका छन्  ।

थाइनयान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएसँगै दोस्रो हार बेहोरेपछि थाइल्यान्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।  

बुधबारको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य दिएको थियो । थाइल्यान्डले १३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएपछि ४४ रनमा समेटियो ।

थाइल्यान्डका ईसान बेर्नोजीले १६ रन बनाए र ओपनर डानुफोनले १२ रन जोडे भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन बनाएक थिए ।

नेपालका सन्तोष यादव एक्लैले पाँच विकेट ,अशोक धामीले ३ ,कप्तान अभिसेक तिवारीले २ विकेट लिए ।  टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो र नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए ।  सन्तोष यादवले ४२ तथा सुर्यान्शु कोइरालाले ४० रन थपे । नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । 

थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २ र २ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १ र १ विकेट लिएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update