NRN
बिहीबार विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

बुधबार एकको खरिददर १३० रुपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसामा काराेबार भइरहेकाे अमेरिकी डलर ५ पैसा बढेर नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एकको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसामा काराेबार भइरहेकाे छ ।  

बिहीबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४९ पैसामा काराेबार भइरहेकाे छ ।  

बिहीबार राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसामा काराेबार भइरहेकाे छ ।  

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २८ पैसा र बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ०८ पैसामा काराेबार भइरहेकाे छ । 

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update