NRN
१४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश

१४ वर्षपछि बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

बंगलादेश भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा परगेकाे हो ।

तेसी दोर्जीले खेलको १२औं मिनेटमा गोल गरे पनि भुटानलाई अग्रता कायम राख्न सकेन । बंगलादेशका शेद मोर्सालिनले २१औं मिनेटमा गोल फर्काए ।

भुटानकै फुन्सो जिग्मेले ३०औं मिनेटमा आत्मघाती गोल गर्दा बंगलादेशले २-१ को अग्रता लियो ।बंगलादेशलाई राकिब होसेनले ३६औं मिनेटमा गोल गर्दै  पहिलो हाफमै ३-१ को अग्रता दिलाए ।

बंगलादेशको जितपछि समूह चरणका खेलहरु सकिएका छ भने सेमिफाइनल सुरू भएको छ । सेमिफाइनलमा बंगलादेशले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ र लेबनानले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् र फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update