NRN
ओली भन्छन् , सरकार गुरु कुट्नेको संरक्षणमा लाग्नु गलत

मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा नेकपा एमालेका पूर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको बताएका हुन् ।

मदन भण्डारी मेमेरियल कलेको वार्षिकोत्सवका सन्दर्भमा बिहीबार काठमाडौंमा बोल्दै उनले प्रोफेसर कुट्न किन पाइँदैन? मज्जाले पाइन्छ भन्दै मुद्दा फिर्ता लिने सरकारको निर्णयतर्फ संकेत गर्दै , उनले कथित विद्यार्थीले आफ्नो तिरको होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास भएको समेत बताए । 

गुरुलाई देवतासमान मान्ने देशमा कुटपिट हुनु दुःखद भएको बताउँदै उनले थपे, ‘सभ्यताको दियो बाल्ने देश, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’

 

 

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update