NRN

- राजन घिमिरे

राज कटुवाल जहिले पनि चर्चामा । सिनेमाकौ नायक हुंदा होस या म्यूजिक भिडियोको मोडल बन्दा नै किन नहोस ? चर्चा र वाहवाहीको हिसाबले उनी सधै अगाडि देखिंदै आएका छन ।

चलचित्र विकास बोर्डको सदस्य भएर राजनिती नियुक्ति हुंदा पनि उनले त्यो पदमा रहंदा गरेको काम र सक्रियताको आज पनि चर्चा हुने गरेको छ । यिनै राज फेरि एकपटक चर्चामा आएका छन ।

यस पटक चलचित्र अभिनेता एबं मोडल राज कटुवाललाई नयां गीत ‘शिकारी नारी’ को म्यूजिक भिडियोल् चर्चामा ल्याएको छ । स्वर, शब्द र संगीत श्रृजना खत्रीको रहेको यो गीत अहिले युट्युबको ट्रेन्डिङमा छ ।

गीतमा गायक प्रताप दासले पनि स्वर दिएका छन् । यस गीतमा कटुवालले गायिका खत्रीसँगै अभिनय गरेका छन् । गीतमा उमेर पुगेकी युवतीले आकर्षक पुरुषलाई मन पराएको प्रसंग उल्लेख गरिएको छ ।

यसमा गायिका खत्री आफैँ शिकारी नारीको रुपमा प्रस्तुत छिन् । गीतमा राजलाई सेलिब्रेटी देखि सबैले चिन्ने तर कसैलाई मतलब नगरी हिड्ने युवकको रुपमा चित्रण गरिएको छ । गीतको भिडियोका निर्देशक नरेश नाथ योगी हुन् ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update