नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।
नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसामा काराेबार भइरहेकाे छ ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा निर्धारण गरेकाे छ भने आज क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २५ पैसामा काराेबार भइरहेको छ ।
शुक्रबार युरो एकको खरिद दर १४३ रूपैयाँ ०८ पैसा र बिक्री दर १४३ रूपैयाँ ७३ पैसामा काराेबार भरहेको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ०९ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
शुक्रबार बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ०७ पैसामा काराेबार भरहेको छ ।