असार १५ मनाउन चितवन पुगेका पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बिहानर्यालीमा सहभागी भएका छन् । र्याली गेस्टहाउस चौरदेखि चौबीसकोठीसम्म भएको थियो ।
र्यालीपछिकाे आयोजित कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले आफूलाई खान पुग्ने खाद्यान्न स्वदेशमै उत्पादन हुने भएकाले पाँच महिनासम्मको नाकाबन्दीले पनि मुलुकलाई गलाउन नसकेको बताए।
अध्यक्ष ओली भन्छन्, ‘पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण यो देश कृषिप्रधान देश हो, हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यहीँ उत्पादन हुन्छ, ‘त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन।’
खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने र उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिँदै ‘कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ । उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधिकरण गर्नुपर्छ’, अध्यक्षले भने ।
उक्त कार्यक्रममा पछि, उनी आज दिउँसो धान रोप्ने कार्यक्रममा सहभागी हुने पनि उनले बताए ।