NRN
पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरू

देशका सात प्रदेश मध्ये कोशी प्रदेशबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला भएकाे छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा पोखरामा अन्तर प्रदेश मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ ।

उक्त भेलाकाे उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

उक्त भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे मुख्यमन्त्रीहरुले छलफल गरेर प्रधानमन्त्रीसमक्ष पेश गर्नेछन् । 

भोलि ऐन बनेको ३ वर्षपछि शनिबार पहिलो पटक पोखरामा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषदको बैठक बस्न लागेको हो । 

राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यमन्त्रीहरू, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update