शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच चितवनको भरतपुर विमानस्थलमा जम्काभेट भएको छ । साेहि भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनुपर्ने बताउनुभएकाे छ ।
विमानबाट ओर्लिएर गाडी चढ्न लागेका एमाले अध्यक्ष ओलीसँग भएको छोटो सम्वादमा आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै सभापतिले आग्रह गरेका हुन् ।
लामिछानेले भने:‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयातमा प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ,’ यसकाे प्रतिक्रिया दिदै जवाफमा ओलीले हुन्छ भनेपछि सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन । जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’