तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
भक्तपुरमा आइतबार आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपातिर फर्कने बताएका हुन्।
प्रचण्ड’ले भने ‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गर्याैँ भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो । प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४० ५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’
उनले यसबारे कसैलाई पनि दोषारोपण नगर्ने र ‘कमरेड नायारणविलास जोशीप्रति सम्मान र श्रद्धा प्रकट गर्दैै गर्दा हामीले एकपटक असफल भएपनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उदेश्य राख्नुपर्दछ,’ पनि प्रचण्ड’ले भने ।
‘सबैले चिन्तन गर्नुपर्यो कि हिजो केकारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृतिमा भावनामा कहाँ ऋुटी थियो । के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ ’।
‘अहिले माधवकुमार नेपाल, म लगायत विप्लव र उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरू गरेका छौं,’ उनले भने, ‘त्यतिबेला माधवजीले पनि र मैले पनि के भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ।’
प्रचण्ड’ले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्लेश्यले अघि बढ्नुको विकल्प नभएको दोहोर्याए ।