बढ्यो सुन–चाँदीको मूल्य
आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र शुक्रबार एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुन आइतबार प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेकाे चाँदी प्रतितोला १० रुपैयाँ बढेरआइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १२:४६
प्रतिक्रिया दिनुहोस्