NRN
टस जितेर यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त इमिरेट्स यूएईसँग प्लेअफ चरणको खेल खेल्दैछ । टस जितेको नेपालले पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।

जिम्बावेको हरारेमा हुने यो खेलमा जित हात पार्ने टोलीले सातौँ स्थानका लागि फाइनल खेल्ने छ । 

यसअघि विश्वकप छनोटमा नेपालले समूहमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बावेसँग हार ब्यहोरेकको थियो भने अमेरिकालाई हराएको थियो । यूएईले समूहगत चरणमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड र ओमानसँग हार ब्यहोरेको थियो ।

यूएईविरुद्ध आसिफ शेखको स्थानमा अर्जुन साउद, ललितनारायण राजबंशीको स्थानमा प्रतिस जिसी र कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ललाई स्थान दिइएको छ ।

कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्सन झा, करन केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल रहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update