NRN
डलरको भाउ स्थिर रहेसँगै, बढ्यो युरो र पाउण्ड

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर स्थिर रहेको बताएकाे छ।

आइतबार एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही मूल्यमा किनबेच भइरहेकाे छ। 

नेपाल राष्ट्र बैंककाे अनुसार आइतबार एकको खरिदमा १४२ रुपैयाँ ०३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६८ पैसामा काराेबार भएकाे  युरोपियन युरो आज  युरो ८९ पैसा बढेर एकको खरिददर १४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५७ पैसामा काराेबार भइरहेकाे छ ।

आइतबारको तुलनामा ९४ पैसा बढेर सोमबार पाउण्ड एकको खरिदमा १६६ रुपैयाँ ४१ पैसा र बिक्रीमा १६७ रुपैयाँ १७ पैसामा काराेबार भइरहेकाे छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसामा काराेबार भइरहेकाे छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसामा काराेबार भइरहेकाे छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update