NRN
नेपाल एसिसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा

नेपाल सिंगापुरलाई पराजित गर्दै एसिसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा प्रव्रश गरेकाे छ।

सोमबार बायोमास ओभल क्रिकेट मैदानमा भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा प्रव्रश गरेकाे हो। नेपालले एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधिका अब लागि भोलि मंगलबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

सोमबार बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै  १८४ रन जोड्यो ।

नेपालका लागि ओपनरद्वय सूर्यान्सु कोइरालाले ४३ रन र निरजकुमार यादव ४२ रनमा आउट भए ।

सन्तोष यादवले १८ रन र कप्तान अभिषेक तिवारीले २५ रनको योगदान गरे भने बलिङमा सिंगापुरका हरिहरनले ३ विकेट लिए। 

सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए । १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ९७ रनमै अलआउट भयो। 

 

 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update