NRN
जापानकी संगीता दिदी अनि संगीता जी…। चर्चामा उनको उमेदवारी..॥

- राजन घिमिरे

प्रबासी जिबन त्यति सरल र सहज छैन । एकातिर कामको चटारो अनि आफू स्थापित हुने तनाब । अर्कोतिर परिबारको जिम्मेवारी । सबैतिर समय र दिमाग लगाउंनु पर्ने बाध्यता । यस्तो चापाचापको अबस्थामा पनि प्रबासमा कोही सामाजिक कार्य र अभियानमा दत्त चित्त भएर लाग्छ वा लाग्न सक्छ भने त्यो ब्यक्तिको खुलेर तारिफ गर्नै पर्छ । यसरी खुलेर तारिफ गर्नु पर्ने एक जना जापानको प्रबासी नेपाली हुन संगीता अधिकारी सुबेदी । गैह् आबासीय नेपाली संघ जापानकी उपाध्यक्ष संगीताले जापानदेखी नेपालसम्म सामाजिक कार्य र योगदानको पाटोमा निभाएको भूमिकाको जापानमा मात्र होइन कि नेपालसम्म तारिफ पाउंने गरेको छ ।

सस्थाको पदमा रहंदा होस या नरहंदा नै किन नहोस ? संगीताले जापानमा रहनु भएका प्रबासी नेपालीहरूलाई दिएको साथ, गरेको समर्थन र उनिहरूका समस्यासंग हातेमालो गर्दै अगाडि बढेको सत्यता कतैपाट छिपेको छैन । यतिबेला जापानमा केही समस्या पर्यो भने सबैले सम्झने नाम हो संगीता । नेपाली बिध्यार्थीहरू मांझ त उनी संगीता दिदीको रूपमा स्थापित छिन भने कोही संगीता जी अनि संगीता मेम । बिभिन्न नाम र परिचयका कारण जापानमा रहनु हुने प्रबासी नेपालीहरू मांझ चिनिएकी उनी जापानीज भाषाको ज्ञाता पनि हुन ।

यस कारणले पनि भाषाको ज्ञान नभएका नेपालीहरूलाई परेको समस्याका बारेमा उनी जापान सरकारका बिभिन्न निकायहरूसंग नेपालीका समस्या राख्न सक्ने ल्याकत राख्छिन , यो उनको अर्को सबल पक्ष हो । उनि गैह्र आबासीय नेपाली संघ जापानकी उपाध्यक्ष हुन । अब संगीता अधिकारी सुबेदीलाई अध्यक्ष पदमा उठाउंन मात्र नभएर जिताउंनै जापानमा रहनु हुने प्रबासी नेपालीहरु लागि परेका देखिन्छन यतिबेला ।

जापानमा रहेका नेपालीहरुका समस्याहरूका समाधान, सल्लाह र बिचार बिमर्शकी केन्द्र संगीताले जापानदेखी नेपालसम्म गरेको सहयोगको सबैतिर चर्चा हुने गरेको छ-‘ यो संस्थामा रहेर काम गर्दा हामीले सामूहिक सोच , बिचार र सहकार्यलाई अगाडि बढाउंने गरेका छौं । मैले र उसले अनि त्यसले भन्नेमा हामी अड्किनु हुंदैन । संस्था हामी सबैको हो र हामी सबै संस्थाको हो भन्ने हेतुले अगाडि बढ्दा सबैको भलो हुन्छ -‘ संगीतले भनिन् ।

सन २०२३ - २५ का लागि गैह्र आबासीय नेपाली संघ जापानको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेकी उनको यो घोषणाले जापानबासी प्रबासी नेपालीहरूमा उत्साह पनि थपिएको पाईएको छ । आजसम्म पुरा गरेका काम र सामाजिक अभियानलाई स्थापित गर्दै बाँकी रहेको कामलाई फत्ते गर्ने संगीतको सोच र उद्देश्यको तारिफ गरिएको छ भने महिला नेतृत्वको यो उपस्थितिलाई गौरवपूर्ण रूपमा लिएका जापानमा रहनु हुने प्रबासी नेपालीहरू मांझ संगीत अधिकारी सुबेदी सरल, सहज र मिजासिली सामाजिक अभियन्ताको रूपमा परिचित छिन -‘ संघमा लागेपछी र सामाजिक काम गर्छु भनेपछी संगीता अधिकारीले जनाएको सशक्त उपस्थिति र लगाब सांच्चै स्वागत योग्य छ ।

यस्ता ब्यक्तिको संस्थामा खाँचों छ र संगीता आउंनै पर्छ -‘ जापानमा रहनु हुने नेपालीहरूको बिचार छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update