NRN
नरेनको शानदार शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा मंगलबार नेपालले घरेलु टिम मलेसियालाई २५३ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ ।

नरेन भट्टको शतक मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो । उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे । 

मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनायो ।

नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६,  सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५,  क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन एक्ट्रा पायो ।

बलिङमा मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए ।

उपाधि जित्न सफल भए नेपालले एसिसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गर्नेछ। 

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update