मंगलबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य
मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको मूल्यसूची तय गर्दै नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको जानकारी दिएको हाे ।
महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजारमा काराेबार भएकाे छापावाल सुन प्रतितोला प्रतितोला ४०० ले बढेर १ लाख १० हजार ४०० रुपैयाँ र १ लाख ९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे तेजाबी सुन प्रतितोला प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
सोमबार प्रतितोला १३ सय ७० रुपैयाँमा काराेबार भएकाे चाँदी ५ रुपैयाँ बढेर आज १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० ११:३५
प्रतिक्रिया दिनुहोस्