NRN
नेपालले उचाल्यो  तेस्रो पटक एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले तेस्रो पटक एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

घरेलु टिम मलेसियामाथि मंगलबार २२१ रनको सानदार जितसँगै नेपाल एसिसी पुरुष यू-१६ इस्ट जोन कप च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्न सफल भयो।

यसअघि एसियाली क्रिकेट काउन्सिलले एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले लगातार दुई २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको घरेलु टिम मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो। 

नेपालका अभिशेख तिवारी एक्लैले ५ विकेट लिए।

सन्तोष यादबले ३, सागर गैरे र अशोक धामीले एक एक विकेट लिए भने मलेसियाले १४.५ ओ‌भरमा सबै विकेट गुमाएको थियो।

मलेसियाका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए। मलेसियाले पहिलो ओभरमै २ विकेट गुमाएको थियो।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए ।  निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update