नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको मूल्य बढेको जानकारी दिएको हाे ।
महासंघका अनुसार मंगलबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।